जुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँचजना घाइते

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन् । जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । 

गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको  ट्याक्टर दुर्घटना हुँदा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार दुर्घटनामा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहरा, ५० वर्षीय लोगबहादुर बोहरा, ३० वर्षीया मायादेवी बोहरा र ५० वर्षीय परेक बोहरा घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक भने फरार रहेका प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार १०:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया