भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

इण्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ ।

आइओसीले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ४० पैसा र हवाइ इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ८८ पैसा मूल्य घटेर पठाएको हो । 

यसअघि २३ माघमा मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपैयाँ बढाएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने निगमले जनाएको छ । आइओसीलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र नेपाल सरकारको ७ अर्ब ऋण अझै बाँकी रहेकाले पनि तत्काल मूल्य नघटाउने निगमले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन ५, २०७९ शुक्रबार ९:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया