विश्वकप लिग–२ : नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत तेस्रो खेलमा नामिबियाविरुद्ध पनि नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र नामिबियाबीचको खेल ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । 

नेपालले आज पनि अघिल्लो प्लेइङ–११ लाई निरन्तरता दिएको छ । सिरिजको दोस्रो खेलमा नेपालले शुक्रबार स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । 

श्रृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाल २ विकेटले विजयी भएको थियो । नेपाल नामिबियाविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

नामिबिया भने सिरिजमा पहिलो जितको खोजीमा छ । ऊ दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले पराजित भएको थियो । सो लज्जास्पद हार भुल्दै नामिबिया शनिबार नेपालविरुद्ध उत्कृष्ट नतिजा निकाल्दै सानदार कमब्याक गर्न चाहन्छ ।  

यद्यपि घरेलु मैदान र समर्थकको राम्रो साथ पाएको नेपालविरुद्ध जित निकाल्न नामिबियालाई सहज भने हुने छैन । हालसम्म नेपाल र नामिबियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन् । जसमा तीन खेलमा नामिबिया र एक खेलमा नेपाल विजयी भएको छ । यी दुई टोलीबीचको खेल भने वर्षाका कारण रद्द भएको छ । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।





  • प्रकाशित मिति : फागुन ६, २०७९ शनिबार ८:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया