logo-img

मुलुकको सामु द्रुत विकास अघि बढाउने चुनौती छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकको सामु द्रुत विकास अगाडि बढाउने चुनौती रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले लोकतन्त्र प्राप्तिका लागि लामो चरण सकिएको सन्दर्भ उल्लेख गर्दै विकास अगाडि बढाउने चुनौती रहेको बताए ।

‘वि.सं २००७ मा नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएर प्रजातन्त्रको आगमन भए पनि धेरै वर्ष मुलुकले अग्रगति लिन सकेन, लोकतन्त्र प्राप्तिका लागि चेतना भर्न सुरु गरे पनि थप आन्दोलनको जरुरत पर्‍यो, यसैको सिलसिलामा नेपाली जनताले सुझबुझपूर्ण तबरबाट सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन्,’ सन्देशमा भनिएको छ ।

प्रजातन्त्र दिवसका सन्दर्भमा नेपालमा प्रजातन्त्र एवं लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रजातन्त्रप्रतिको निष्ठालाई आत्मसात गर्न हामीलाई यस पावन दिनले सदैव प्रेरित गरिरहने विश्वास व्यक्त गरेका छन् ।

‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दछु,’ सभामुख घिमिरेले भने, ‘राष्ट्रिय प्रजातन्त्र दिवसले शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

लोकतन्त्रले परिकल्पना गरेका हाम्रा संस्थाहरूले आफ्ना अभिभारा पूरा गर्न अघि बढेको र संघीयता कार्यान्वयनको चरणमा नै रहिरहेका बेला कहीकतै पनि संस्थालाई कमजोर बनाउन नहुने सन्देशमा उल्लेख छ ।    





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार ७:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया