राष्ट्रपति निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनका लागि सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

राष्ट्रपतिको उम्मेदवारी मनोनयनको दुई दिनअघि सर्वदलीय छलफल बोलाउने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

राष्ट्रपतिका लागि संसद्‍को ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ प्रमुख घटक एमालेको आ–आफ्नै दाबी छ । यता, माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन गरिने बताउँदै आएका छन् । 

एमालेबाट राष्ट्रपतिमा सुवास नेम्वाङ, डोरमणि पौडेल, विष्णु रिमाललगायतको चर्चा छ । कांग्रेसमा भने रामचन्द्र पौडेल र कृष्ण सिटौला चर्चामा छन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७९ आइतबार १९:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया