माओवादी पदाधिकारी बैठक राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार ‘प्रचण्ड’लाई

नेकपा माओवादीले राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । सोमबार बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे निर्णय गर्ने अन्तिम अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । 

पदाधिकारीको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ ।’

पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको पनि प्रवक्ता महराले जानकारी दिए । गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने आफ्नो पार्टीको स्वार्थ रहेको उनले बताए । 

पार्टी केन्द्रीय कमिटीको बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए। 

प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेस र एमाले दुवैलाई मान्य हुनेगरी राष्ट्रिय सहमति गर्ने बताउँदै आएका छन् । सोमबार मात्रै पोखरामा आयोजित पार्टीको एक कार्यक्रममा उनले १२ बुँदे सहमतिका पक्षधरहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका थिए । 





  • प्रकाशित मिति : फागुन ८, २०७९ साेमबार १९:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया