राष्ट्रपतिको विषयमा निर्णायक वार्ताका लागि कांग्रेस नेताहरु बालुवाटारमा

राष्ट्रपतिको विषयमा निर्णायक वार्ता गर्न नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहित नेताहरू बालुवाटार पुगेका हुन्। 

बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत पनि सहभागी छन्। यसअघि प्रचण्डले माओवादीका नेताहरूसँग आन्तरिक छलफल गरेका थिए। त्यसबेला कांग्रेसका उपसभापति खड्कासमेत सहभागी थिए । 

एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेपछि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको नीति लिएको माओवादी दोधारमा परेको छ।

बुधबार दिउँसो यही विषयमा छलफल गर्न माधव नेपाल देउवा निवास पुगेका थिए। नेपाल पार्टीका नेताहरूसहित धुम्बाराही पुगेका थिए। भेटमा पौडेलसमेत सहभागी थिए।





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार १९:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया