स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं जिल्ला अदालतले नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुईजना पूर्वक्रिकेटरलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनैजनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । सो आदेशपछि उनीहरुले पुर्पक्षमा नबसी मुद्दा लड्न पाउने भएका छन् । 

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना अझै फरार छन् । 





  • प्रकाशित मिति : फागुन १०, २०७९ बुधबार २१:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया