२५ वर्षीया महिलालाई रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट २१ वर्षीय युवक पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् । अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।  

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका–८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०७९ आइतबार २०:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया