मोरङमा मोटरसाइकल दुर्घटना, दुई किशोरको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–४ कोशी लोकमार्गस्थितमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी सप्तकोशी गाउँपालिका–१ का १९ वर्षीय निसान चौधरी र पछाडि सवार सुनसरी रामधुनी नगरपालिका–९ का १६ वर्षीय समिर चौधरी रहेका छन् ।

सोमबार बिहान ९ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुक्दा उनीहरू घाइते भएका थिए ।

दुवै जनाको उपचारको क्रममा विराट टिचिङ अस्पताल गंगाचौकमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।   





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार ११:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया