logo-img

मालपोतमा कार्यरत एक कर्मचारी र लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय महोत्तरीमा कार्यरत एक कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय जलेश्वरमा कार्यरत सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढी व्यवसायी ५७ वर्षीय सुभाषचन्द्र लाल कर्णलाई निण्न्त्रणमा लिएको हो । 

मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ बस्ने सुब्बा पण्डितले सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिएर सम्सी गाउँपालिका–७ बस्ने सुभाष भू–सेवा केन्द्रका लेखापढी व्यवसायी कर्णको जिम्मा लगाएका थिए । 

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १५:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया