logo-img

धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
प्रतीकात्मक तस्वीर

धनुषामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । 

शनिबार राति करिब ९ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का मोटरसाइकल चालक ४५ वर्षीय रामएकबाल ठाकुर र मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ६० वर्षीय सत्तो साह सुडी रहेका छन् । 

गम्भीर घाइते अवस्थाका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो । दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकामा सडकमा गुडिरहेको ज १ त ५२४५ नम्बरको ट्याक्टरमा ज १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १०:३४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया