बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

बलिउड अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन भएको छ । अभिनेता अनुपम खेरले ट्विट गर्दै आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् ।

खेरले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको पनि उल्लेख गरेका छन् ।   

दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिकलाई हृदयघात भएको थियो । हृदयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो ।

उनको त्यहाँ ६६ वर्षको उमेरमा निधन भएको हो । कौशिकले ‘मिस्टर इन्डिया’, ‘दिवाना मस्ताना’ लगायत चर्चित चलचित्रमा अभिनय गरेका छन् । 

१३ अप्रिल १९६५ मा हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमासमेत चर्चित थिए ।  





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार ८:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया