सेयर बजारमा २६.८० अंककाे गिरावट

आइतबारको कारोबारमा नेप्से परिसूचक २६.८० अंकले घटेर १,९७५ विन्दुमा आइपुगेको छ। साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से फेरि दुई हजारमुनि आइपुगेको हाे। 

अघिल्लो साताको अन्तिम दुई दिन लगातार बढेर दुई हजार माथि उक्लिएको नेप्सेको यस्तो वृद्धि दिगो साबित हुन सकेन। बजार घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। ६.४१ प्रतिशले कारोबार बढेर एक अर्ब ६६ करोड रूपैयाँ पुगेको हो। 

यस दिन कारोबारमा आएका २६० धितोपत्र तथा ऋणपत्रमध्ये ४० वटाको मूल्य बढेर कारोबार भएको छ। २०७ वटाको मूल्य घटेको छ। 

शुभम् पावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर ३५२ पुगेको छ। हिमालयन बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.३७ प्रतिशतले घटेको छ। 

शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरीमा अहिले पनि लगानीकर्ताको आकर्षण कायमै छ। यी कम्पनीहरूको सेयर कारोबार क्रमशः आठ करोड २१ लाख रुपैयाँ र पाँच करोड ७५ लाख रुपैयाँ बराबर भएको छ। कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन्।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १६:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया