logo-img

पारसआवद्ध एसियाले आज इण्डिया महाराजसविरुद्ध खेल्दै

कतारमा जारी लेजेण्ड्स क्रिकेट लिगमा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काआवद्ध एसिया लायन्सले आज इण्डिया महाराजसविरुद्ध खेल्दैछ । 

लायन्स र महाराजसबीचको खेल दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति ८ः१५ देखि सुरु हुनेछ । पारससम्मिलित एसिया लिगमा लगातार तेस्रो जितको खोजीमा छ । 

शीर्ष स्थानमा रहेको एसियाले पहिलो खेलमा भारतलाई ९ तथा दोस्रो खेलमा वर्ल्ड जायन्ट्सलाई ३५ रनले हरायो । भारत भने पहिलो जितको खोजीमा छ । उसले नारी लिगमा दुई म्याच खेल्दा दुवैमा हारको सामना गरेको छ ।

भारतले पहिलो खेलमा एसियासँग ९ तथा दोस्रो म्याचमा जायन्ट्सविरुद्ध २ रनको हार बेहोर्‍यो । भारतीय टोलीको कप्तान गौतम गम्भीरले गरिरहेका छन् ।  





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १२:९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया