स्ववियु निर्वाचनको माग गर्दै ठाकुरराम क्याम्पसका विद्यार्थी अनसनमा

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन निर्धारित मितिमै हुनुपर्ने माग गर्दै विद्यार्थी नेता आन्दोलित बनेका छन् ।

नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी समेत रहेका मुनराज तिवारीको नेतृत्वमा विद्यार्थी नेताहरू क्याम्पस परिसरमा मंगलबार अपरान्ह ३ बजेदेखि धर्ना दिँदै अनसनमा बसेका हुन् । 

अनसनमा नेविसंघ,अखिल क्रान्तिकारी र अनेरास्ववियुका विद्यार्थी नेताहरू अनसनमा बसेका हुन् । स्ववियु निर्वाचन निष्पक्ष र यथावत मितिमै हुनुपर्ने माग राखेर अनसनमा बसेको विद्यार्थीहरूले बताएका छन् । 

चुनाव निर्वाचन समितिले तोकेको चैत ८ मै हुनुपर्ने माग आफूहरूको रहेको विद्यार्थी नेताहरूको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १७:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया