कपिल शर्मामाथि ‘एक्सन’ लिन सलमानलाई दबाब !

मुम्बई– पुलवामामा भएको आतंककारी हमलापछि भारतमा पाकिस्तानी कलाकारलाई ‘ब्यान’ गर्नुपर्ने माग चर्किएको छ ।

भारतीय मिडियामा आएका खबरअनुसार, बलिउड सुपरस्टार सलमान खान आफ्नो आउँदो फिल्म ‘नेटबुक’मा पाकिस्तानी मूलका गायक आतिफ असलमलाई नलिने निर्णयमा पुगिसकेका छन् । हालै, अल इन्डिया सिने वर्कर्स एसोसिएसनले पनि पाकिस्तानी कलाकारमाथि पूरै प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

यसैबीच, सलमान खानका फ्यानहरुले उनको फिल्म ‘भारत’मा यदि कुनै पनि रुपमा पाकिस्तानी कलाकारको संलग्नता रह्यो भने फिल्म बहिस्कार गर्ने चेतावनी दिएका छन् । 

कपिल शर्माले नवजोत सिंह सिद्धूको समर्थन गरेसँगै यतिखेर सलमानलाई अर्को दबाब आएको छ । यतिखेर सलमानका फ्यानहरु उनलाई कपिल शर्मामाथि एक्सन लिन दबाब दिइरहेका छन् । सलमान कपिल शर्माको टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’का प्रोड्युसर हुन् । पुलवामा हमलापछि पाकिस्तानप्रति ‘नरम’ बयान दिएका सिद्धूलाई ‘सो’बाट हटाइसकिएको छ । 

यस मामलामा फिल्ममेकर अशोक पण्डितले पनि सलमानको ध्यानाकर्षण गराएका छन् । उनले ट्विटमा लेखेका छन्, ‘डियर सलमान, म चाहन्छु कि तपाईं नवजोत सिंह सिद्धूको देशविरोधी गतिविधिलाई सपोर्ट गरेकोमा कपिल शर्माविरुद्ध एक्सन लिनुस् । यो अनुरोध तपाईंसँग भइरहेको छ, किनकि तपाईं सोको प्रोड्युसर हुनुहुन्छ ।’



थुप्रैले अशोक पण्डितको यस मागको समर्थन गरेका छन् । सामाजिक सञ्जालमा भारतीयहरु ‘बाइकट कपिल शर्मा’ ह्यासट्यागसमेत प्रयोग गरिरहेका छन् । 
 



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार २०:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया