बुधबार उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार अपरान्हपछि काठमाडौं उपत्यकासहित बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए । बाँकी स्थानमा आंशिक बदली रही मौसम सामान्यतः सफा रहनेछ ।
बिहान गण्डकी र लुम्बिनीका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ । बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।