कंगनाको दाबी- विकिपिडिया वामपन्थीकाे नियन्त्रणमा

अभिनेत्री कंगना रनावतले सूचनामा आधारित वेबसाइट विकिपिडियालाई वामपन्थीले पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेकी छन् । उनको बारेमा विकिपिडियामा दिइएको जानकारी गलत देखिएपछि उनले यो दाबी गरेकी हुन् ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो जन्मदिनलाई विकिपीडियाले गलत मिति लेखेको उल्लेख गरेकी छन् । ‘मेरो जन्मदिन २३ मार्चमा हो जबकि वेबसाइटमा २० मार्च लेखिएको छ’, उनले लेखेकी छन्, ‘विकिपीडियालाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ । मेरो बारेमा अधिकांश जानकारी जस्तै मेरो जन्मदिन, वा उचाइ वा पृष्ठभूमि पूर्ण रुपमा गलत छ । हामीले जसलाई जति नै सुधारे पनि फेरि त्यस्तै हुन्छ ।’

उनले कैयौँ रेडियो च्यानल, फ्यान क्लब र शुभचिन्तकले आफूलाई २० मार्चको जन्मदिनको बधाई पठाउन सुरु गरिसकेको जानकारी दिएकी छन् ।

कंगनाले फिल्म ‘चन्द्रमुखी २’को सुटिङ पुरा गरेकी छन् । उनीसँग ‘इमरजेन्सी’, ‘तेजस’, ‘मणिकर्णिका रिटन्सर्ः द लीजेन्ड अफ दिदा’ र ‘द अवतारः सीता’ जस्ता फिल्म पनि छन् ।





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १७:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया