सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
राजधानीको दशरथ रंगशालामा आज भएको खेलमा मनाङ एपिएफमाथि २–१ गोल ले विजयी भएको हो ।
३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको एपिएफले दोस्रो हाफमा लय गुमाउन पुग्यो ।
खेलको ५२औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
७२ औं मिनेटमा सेदजामोलले गोल गरेपछि अन्तिम ह्विसल बज्दा मनाङ २–१ को जित दर्ता गर्न सफल भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।