logo-img

सभामुखको अभिव्यक्तिबारे प्रेम सुवालको आपत्ति

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । 

‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादीजत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ आजको संसद चलाउन ? यदि जनताको विषय यहाँ बोल्न नपाउने हो भने संसद चलाउनुको अर्थ छैन, औचित्य छैन । दार्चुलामा महाकाली मिचिएको विरोध गर्दैनौँ भने यो संसदको काम के ? त्यस कारण संसद बोल्नका लागि हो ।’

साथै पत्रकारबारे सभामुख घिमिरेको अभिव्यक्तिबारे पनि उनले ध्यानाकर्षण गराउँदै पीत पत्रकारिता गर्ने को को हुन् छानबिन गर्न समिति गठन गर्न माग गरे ।  
 





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १६:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया