फेरि संसद् विघटनको संकेत आएपछि परिस्थिति फेरियो : देवेन्द्र पौडेल

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले फेरि संसद् विघटनको संकेत आएपछि अहिलेको परिस्थिति निर्माण भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने खालका अभिव्यक्ति एमालेबाट आएपछि परिस्थिति फेरिएको पौडेलले प्रस्ट पारे ।

सांसद पौडेलले एमाले राष्ट्रिय सहमतिबाट भागेको समेत बताए । राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको उनको आरोप छ ।





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १६:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया