राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने भएको छ । अमेरिकी राहदानी हुँदाहुँदै लामिछानेले नेपाली राहदानी लिएको विषयमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउनुनपर्ने निर्णय गरेर उच्च न्यायधिवक्ताको कार्यालय पठाएको थियो । उच्चले सो प्रतिवेदन महान्यायधिवक्ताको कार्यालय पठाएको थियो । सोमबार महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीव रेग्मीका अनुसार लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय सदर भएको छ । महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय सदर गरेसँगै लामिछानेले सो प्रकरणबाट उन्मुक्ति पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।