logo-img

त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र टाढा राखेको भन्दै अनेरास्ववियुको आपत्ति

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र टाढा राखेको भन्दै आपत्ति जनाएको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर त्रिविले यही चैत १२ गतेबाट हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखेको आरोप लगाएका हुन् ।

उनले विद्यार्थीहरुलाई दुःख दिने यस कार्यप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राख्ने निर्णय फिर्ता नलिएमा अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्न चेतावनी दिए ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २१:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया