धर्मेन्द्र बास्तोलाको चेतावनी : वित्तीय लुट बन्द नभए कठोर कदम चाल्छौँ

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले वित्तीय संस्थाहरूलाई खारेज गरेर सरकारी स्वामित्वका तीनवटा बैंकहरूमा राज्यले देशव्यापी बनाए मात्रै जनता सुखी र देश समृद्ध हुने बताएका छन् ।  

बुधबार संवाद डबलीमा पार्टीका केन्द्रीय सदस्य रामचन्द्र बलामीको श्रद्धाञ्जली सभामा उनले यस्तो बताएका हुन् । बास्तोलाले वित्तीय अराजकताको कारण बलामीजस्तै लाखौँ जनता अकालमै मर्नु परेको पीडा पनि व्यक्त गरे । 

बास्तोलाले सहकारी, लघुवित्त र विदेशी बैंकलाई खारेज गरी राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको गाउँगाउँसम्म सेवा विस्तार गरेर जनअपेक्षाअनुसार परिचालन गर्न सके देशको आर्थिक संकट हल हुने बताए ।

‘हेर्दा १७/१८ प्रतिशत देखाए पनि ब्याजमा स्याज गरेर वास्तविकरूपमा ४० देखि ४५ प्रतिशतसम्म असुल्ने गरेका कारण जनतालाई घरवारविहीन हुँदै हात्महत्या गर्न बाध्य बनाउने यस्ता लुटेराहरूलाई लखेट्नु पर्छ । यस्तो किसिमको लुटपाट बन्द गरिनुपर्छ, अन्यथा निकट भविष्यमा हामीलाई वित्तीय दलालहरूविरुद्ध कठोर बन्न बाध्य नबनाइयोस्,’ उनले चेतावनी दिए ।

बास्तोलाले सरकारी तीन बैंकलाई जनताको हितमा हुने गरी ५ प्रतिशतभन्दा बढी ब्याज नबढाइ ऋण दिँदा उद्यम पनि चल्ने र सावाँ ब्याजसहित फिर्ता हुने अनि स्वदेशमै रोजगारीको सिर्जना भइ देशको अर्थतन्त्र पनि बलियो हुने बताए ।  





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ९:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया