उपेन्द्र यादवलाई मधेसी दलकै अवरोध, जनमतपछि लोसपाको पनि उम्मेदवारी दिने निर्णय

बारा क्षेत्र नं २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मधेसकेन्द्रित दलहरुले नै अवरोध गर्ने भएका छन् । यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीले सो क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । 

आज बबरमहलस्थित पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउने निर्णय गरेको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए । 

चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनमा लोसपाको सक्रिय सहभागिता हुनेछ । त्यसमध्ये बारामा आफ्नो उम्मेदवारी नै दिने तयारी भइरहको उनले बताए ।

यो विषयमा गठबन्धनमा छलफल हुन बाँकी नै छ । गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि मित्रवत् प्रतिस्पर्धाका लागि भएपनि लोसपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।

 ‘अहिले उम्मेदवार निश्चित भएको छैन । उम्मेदवारको बारेमा पार्टीमा छलफल हुन बाँकी नै छ’ झाले भने । सो क्षेत्रमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र लोसपाका बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहले उम्मेदवारी दिने चर्चा भइरहेको छ ।

जनता समाजवादी पार्टी नेपालबाट भने अध्यक्ष उपेन्द्र यादवले नै सो क्षेत्रमा चुनाव लड्ने तयारी गरिरहेका छन् । सप्तरीबाट चुनाव हारेका उपेन्द्र यादवले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सोही क्षेत्रबाट निर्वाचित भएर संसदमा आउने तयारी गरेका हुन् । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार २१:२८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया