नवलपरासीमा बेवारिस अवस्थामा बम फेला

पूर्वी नवलपरासीको सर्दीमा बेवारिस अवस्थामा बम फेला परेको छ । जिल्लाको बिनयी त्रिवेणी गाउँपालिका–५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो ।

बारीमा बेवारिस अवस्थामा थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । आफ्ना बाबुनानीले जंगल नजिकै बारीमा ती बमका गोला देखेका सर्दीका स्थानीय बासिन्दा रुकेश तरामुकाले बताए । 

भारतीय सेनाका पूर्वसैनिक समेत रहेका तरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने र खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको उनले बताए ।

जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकका अनुसार दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाएको र ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भइनसकेको छैन । 





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया