युरो छनोटमा फ्रान्सको लगातार दोस्रो जित

फ्रान्सले युरो २०२४ को छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा फ्रान्सले आयरल्याण्डलाई १–० ले हरायो ।  

एभिभा स्टेडियम डब्लिनमा भएको खेलमा फ्रान्सको जितमा डिफेन्डर बेन्जामिन पाभार्डले निर्णायक गोल गरे । उनले ५० औँ मिनेटमा गोल गर्न सफल भए । 

पहिलो खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई ४–० ले हराएको थियो । यो जितसँगै समूह ‘बी’ मा रहेको फ्रान्स २ खेलबाट ६ अंक जोडेको छ । ऊ शीर्षस्थानमा रहेको छ ।

पहिलो खेलमै हार बेहारेको आयरल्याण्डले अंकविहीन छ ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ७:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया