logo-img

बाराको सिम्रौनगढमा आगलगी हुँदा ६ घरगोठ नष्ट
फाइल तस्बिर

बाराको सिम्रौनगढमा आगलागीबाट हुँदा ६ घरगोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा मंगलबार बिहान लागेको आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको  घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।

आगोले नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्री पूर्णरूपमा जलेका छन् । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि  प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।   





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १०:१८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया