logo-img

युक्रेनलाई सैन्य उपकरण दिएकोमा पोल्याण्डलाई ३० करोड युरो दिँदै इयु

युरोपेली संघ (इयु) को हतियार कोषले पोल्याण्डलाई ३० करोड युरो प्रदान गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरूप कोषले उक्त रकम प्रदान गर्न लागेको हो ।    

संघको हतियार कोषबाट देशलाई ३० करोड युरो क्षतिपूर्तिस्वरूप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्यांकका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग–२९ लडाकू विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

हालसम्म संघमा आबद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलब्ध गराएका छैनन् ।   





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १२:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया