सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन

एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामावली पेस गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । 

मंगलबार आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली सचिवालयमा पेस गर्न अध्यक्ष नेतृत्वको तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको हो । 

एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो । 

साथै बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ । 

बैठकले उनीहरुरुको माग तत्काल सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न पनि माग गरेको छ । पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १६:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया