logo-img

भुटानसँग नेपालकाे १–१ को बराबरी, फाइनलमा प्रवेश

नेपालले प्रधानमन्त्री थ्रिनेसन्स कपमा भुटानसँग बराबरी खेलेको छ । यससँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

दशरथ रंगशालामा भएको खेलमा मंगलबार नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । 

खेलमा १९ औँ मिनेटमा तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर नेपालका  दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । 

यससँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा चैत १७ गते लाओससँग खेल्नेछ । 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार २०:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया