logo-img

जर्मनीविरुद्ध बेल्जियमको रोमाञ्चक जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीविरुद्ध बेल्जियम ३–२ ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा बेल्जियमको जितमा यानिक कारास्को, रोमेलु लुकाकु र केभिन डी ब्रुएनले एक/एक गोल गरे । 

जर्मनीका लागि निकलस फुल्क्रुग र सेर्जी जिनाब्रीले एक/एक गोल फर्काए । खेलमा छैटौँ मिनेटमा यानिक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाए ।

नवौँ मिनेटमा रोमेलु लुकाकुको गोलबाट बेल्जियमले अग्रता दोब्बर बनायो । खेलको ४४ औँ मिनेटमा निकलस फुल्क्रुगले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई २–१ को स्थितिमा ल्याए ।

७८ औँ मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दा बेल्जियमले ३–१ को अग्रता पायो । ८७ औँ मिनेटमा जर्मनीका सेर्जी जिनाब्रीले गोल गरे पनि खेल भने बेल्जियमले ३–२ ले आफ्नो पक्षमा पार्‍यो । 





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार ८:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया