एभिनर क्लबलाई हराउँदै मनाङ खप्तड गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लब छैटाैँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

कागजात पूरा नभएर क्यामरुनका दुई खेलाडीले खेल्न नपाएपछि नाैजनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो । 

मनाङलाई जित दिलाउन सायिजमलले ह्याट्रिक गोल गरे । मनाङका लागिखेलको १२औं मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । 

पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सिमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो । 

पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो । 



त्यसको केही मिनेटपछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टिम सातजनामा सीमित रहन पुगेको थियो । 

खेलको ५४औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको ८१ औं मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौं गोल गरे ।
 
क्यामरुनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि  मैदानमा केही अवसर बनाए पनि गोल गर्न सकेन । 



मनाङका सायिजमलले आजको खेलको ‘एसपिए म्यान अफ दी म्याच’ भएर नगद १० हजार जिते ।

जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्नेछ । बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीचो दोस्रो सेमिफाइनलको विजेतासंग मनाङले उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार दिउँसो ३ः३० बजे सुरु हुनेछ । 

मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १९:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया