logo-img

विराट गोल्डकप उपाधिका लागि आज विराटनगर सिटी र लुका सकर खेल्दै

सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी प्रतिस्पर्धा गर्दैछन् । 

फाइनल खेल सहिद रङ्गशालामा साँझ ६ः४५ बजे हुनेछ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रोपटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । 

विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।  

त्यस्तै, विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा संकटा क्लबलाई हराएको थियो । उसले सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगायो । विराटनगर ६ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ । 

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ तथा उपविजेताले १० लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सह–संयोजक सुवाशिष कोइरालाले जानकारी दिए । 

वि.सं  २०१८ मा महेन्द्र गोल्डकपका नामले सुरु भएको प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपका रूपमा सञ्चालन हुँदै आएको छ ।   





  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १०:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया