कार्यालय सहयोगीबाट कुटिए वडाध्यक्ष
सांकेतिक तस्बिर

बैतडीका एक वडा अध्यक्ष माथि कुटपिट भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथी कुटपिट भएको हो ।

वडाअध्यक्ष नेगीमाथी सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले कुटपिट गरेको बताइएको छ । 

बिहीबार राती  वडा नं. १ को जेरो पोइन्टमा रहेको बजारको एक पसलमा बुवाछोरा मिलेर वडाअध्यक्ष कुटेका हुन् । कुटपिट गर्दा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको छ । 

कुटपिटबाट वडा अध्यक्ष नेगीका चार वटा दाँत भाँचिएका छन् । कुटपिट गर्ने बुवाछोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

वडाअध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । वडाकै विषयमा विवाद हुँदा झडप भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १९:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया