logo-img

नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन : कुन पदमा को–को उम्मेदवार ?

आगामी चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। 

महासंघ निर्वाचन समितिले प्रकाशन गरेको सूचीअनुसार वरिष्ठ उपाध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी परेको हो । 

त्यस्तै, जिल्लानगर उपाध्यक्षका लागि पनि तीनजनाकै उम्मेदवारी परेको छ । सो पदका लागि सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । 

वस्तुगत उपाध्यक्षमा शकुन्तलाल हिराचन, मनीषलाल प्रधान र हेमराज ढकाल तीनजनाले उम्मेदवारी दिएका छन्।

एसोसिएट उपाध्यक्षमा भने दुईजनाको मात्रै उम्मेदवारी परेको छ । सो पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यले उम्मेदवारी दिएका हुन् । 

जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशका उम्मेदवार निर्विरोध चयन भएका छन्। सो पदमा चन्द्रौटा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्ने जम्शेर मिया निर्विरोध भएका हुन् । 



यता, प्रदेशतर्फ कोशी र कर्णाली प्रदेशमा ३–३ जनाले र मधेस, बागमती, गण्डकी र सुदूरपश्‍चिममा २–२ जनाको उम्मेदवारी परेको छ । 

वस्तुगत संघको तर्फबाट १४ जना सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका छन्। वस्तुगततर्फ उमेशलाल श्रेष्ठको प्यानलबाट १४ जनाकै दर्ता भएको छ । अन्जन र रामचन्द्र टिममा परेको उम्मेदवारको नाम खुलाइएको छैन।



उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्। एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट भने नेपाल–भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध भएका छन्।

  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार २२:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया