logo-img

एकल महिलाबाट जन्मेका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न पञ्जीकरण विभागको सर्कुलर

सरकारले एकल महिलाबाट जन्मेका सन्तानलाई मावलीकै थर राखी जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई सर्कुलर गरेको छ। विवाहअघि जन्म भएको, तर पितृत्वको ठेगान भएको बच्चाको जन्मदर्ता 

गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो।

आमाको स्थायी ठेगानामा एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्न भनिएको छ। त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ।

बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्नसमेत विभागले सर्कुलर गरेको छ।





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार २१:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया