फिफा वरीयतामा नेपालकाे १ स्थान सुधार, अर्जेन्टिना पहिलाे

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)काे वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको १ स्थान सुधार भएकाे छ । 

यसअघि १ सय ७५औँ स्थानमा रहेकाे नेपाल फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा १ स्थान सुधार गर्दै १ सय ७४औँ स्थानमा उक्लेकाे छ । नयाँ वरीयतामा नेपालले ९ सय ६३ अंकका पाएकाे छ । 

फिफा वरीयताकाे शीर्ष स्थानमा विश्व विजेता अर्जेन्टिना उक्लिएकाे छ । ६ वर्षपछि १ स्थान सुधार गर्दै अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएकाे हाे । यसअघि अर्जेन्टिना दाेस्राे स्थानमा थियाे । 

फिफा वरीयताकाे दाेस्राे नम्बरमा कतार, तेस्राे स्थानमा ब्राजिल छन् । बेल्जियम, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, क्राेएसिया, इटाली, पाेर्चुगल र स्पेन टपटेनमा समेटिएका छन् ।





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १७:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया