अन्तरजातीय विवाह गरेका सात जोडीलाई भरतपुर महानगरको सम्मान

अन्तरजातीय विवाह गरेका सात जोडीलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । 

यस्तै, भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशीला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । 

महानगरले बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको कार्यक्रममा सात जोडीलाई नगद एक–एक लाखसहित सम्मान गरेको हो ।

भरतपुर महानगरपालिका प्रमुख दाहालले जातीय विभेद अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको बताइन् । भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार २१:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया