logo-img

स्कुलवर्क्सप्रो अब अस्ट्रेलियाका कलेजमा पनि प्रयोग

एआइ र बिआइ सोलुसनयुक्त तथा ५० भन्दा बढी विद्यालयमा प्रयोग हुँदै आएको नेपाली सफ्टवेयर अब अस्ट्रेलियाका कलेजले पनि प्रयोग गर्ने भएका हुन् । शैक्षिक परामर्श संस्था, आइइएलटीइ र पिटिइ तथा अभिभावकका लागि अस्ट्रेलियन कलेजले सो नेपाली सफ्टवेयर गर्ने भएका हुन् ।

स्कुलवर्क्सप्रो डटकम एक यस्तो माध्यम हो जसले कसरी स्कुल तथा कलेजको प्रगति गर्ने भनेर सल्लाह दिन्छ । एआइ र बिआइसम्मिलित यो सफ्टवेयरले नेपालको शिक्षा क्षेत्रमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ । यसमा साहित्यिक चोरीसम्बन्धी फिचर पनि छ, जुन स्कुल र कलेजका लागि महत्वपूर्ण र फलदायी हुने सफ्टेड ग्रुप अफ कम्पनीका अध्यक्ष विज्ञान श्रेष्ठको विश्वास छ ।  

‘मैले भन्दै आएको छु अब नेपाल सफ्टवेयर निर्यात गरेर नै धनी हुन सक्छ । भारतले १० बिलियन डलर प्रतिवर्ष सफ्टवेयर निर्यातबाट कमाउँछ ।  नेपाल र नेपालीले नसक्ने कुरै छैन, जाँगर, परिश्रम, लगानी, आँट अनि टिमको साथ चाहिन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको सफ्टवेयरले विश्वबजार नै लिन सक्छ । स्कुलवर्क्सप्रो डटकमको अस्ट्रेलियामा व्यापक बजार विस्तार गर्न टिम बन्दै छ, त्यसपछि बिस्तारै अरू देशमा पनि सुरु गर्नेछौँ ।’  

उनले आफूहरूको कामबाट अरूलाई पनि हौसला प्रदान हुनेमा विश्वस्त रहेको पनि बताए । 

‘सफ्टेड ग्रुप अफ कम्पनीको डिजी टेक्नोलोजी नेपाल प्रालि कम्पनीले सफ्टवेयर निर्यात पनि गर्न सुरु गरेकोमा मलाई गर्व लागेको छ । नेपालीले गर्न सक्छ भन्ने सन्देश पनि हो । यसले अरूलाई नयाँ जोस र हौसला पनि दिनेमा विश्वस्त छु,’ अध्यक्ष श्रेष्ठले भने । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १२:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया