logo-img

पाँच हप्तामा ‘छक्का पञ्जा ४’काे व्यापार २१ करोड

फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ। यस फिल्मले पाँच हप्तामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीकाे दाबी छ । 

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

राजनीतिक विषयवस्तुमा आधारित फिल्म ‘छक्का पञ्जा ४’ हेमराज बिसी निर्देशित फिल्म हाे । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायत कलाकारको अभिनय छ।

छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको र शुक्रबार र शनिबारको कलेक्सन भने आउन बाँकी नै रहेकाे वितरक राठीकाे भनाइ छ।

यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन। यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ले २४ करोड कमाएको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो।





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १३:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया