logo-img

प्रगतिशील पत्रकार संघको ३१ सदस्यीय केन्द्रीय समिति चयन

प्रगतिशील पत्रकार संघ नेपालको अध्यक्षमा श्यामलाल पोखरेल चयन भएका छन् । बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हाे । 

पोखरेलको अध्यक्षतामा गठित समिति २३ पूर्ण र आठ वैकल्पिक गरी ३१ सदस्यीय छ । सम्मेलनले आठ सदस्यीय सल्लाहकार चयन गरेको छ। संघको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपालप्रसाद भट्टराई, कोषाध्यक्षमा प्रज्ज्वल पहाडी चयन भएका छन्।

यस्तै, सदस्यहरूमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोखरेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन भएका छन् ।



वैकल्पिक सदस्यहरूमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपानेलगायत चयन भएका छन् । 

सम्मेलनले सुमन अधिकारी, रामनारायण सुवेदी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, ईश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले १५ बुँदे बुटवल घोषणपत्रसमेत जारी गरेको छ । 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार १४:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया