फ्रान्समा हिमपहिरो : चारजनाको मृत्यु

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ । 

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनका अनुसार हिमपहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । 

उनले उक्त स्थानमा करिब एक दर्जन व्यक्ति रहेको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको बताएका छन् ।  

एक हजार मिटर लामो र १०० मिटर चौडाइको हिमपहिरोमा परी मृत्यु भएका चार जनाबाहेक अन्य नौ जना पनि उनीहरूसँगै गएको हाउटे–सावोई विभागका अधिकारीले जनाएका छन् । 

हिमपहिरोपछि सम्पर्कमा आउन नसकेका व्यक्तिहरू एक वा धेरै समूहमा ‘ग्लेसियर डी’आर्मनसेट नजिकै हाइकिङ गरिरहेका थिए ।

हिमपहिरो पहिले मेटियो फ्रान्स नामक मौसमसम्बन्धी संस्थाले उक्त क्षेत्रमा हिमस्खलनको चेतावनी जारी गरेको थिएन ।
 
राष्ट्रपति इम्यानुएल म्याक्रोँले ट्वीटरमा एक सन्देश लेख्दै घटनाले आफुलाई दुःखी बनाएको बताएका छन् । ‘यस दुःखको घडीमा हामी मृतकका परिवार र हिम पहिरोमा फसेका नागरिक ९पर्यटक० को उद्धारका लागि चिन्तित छौँ,’ उनले भनेका छन् ।  



आपतकालिन उद्धारकर्ताहरूले घटनास्थलमा हेलिकप्टरका साथै विशेषज्ञ पर्वतीय उद्धार कुकुरहरू तैनाथ गरेका छन् । 



  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार ११:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया