logo-img

कैलालीमा सुत्केरी र शिशुको मृत्यु, अस्पतालको लापरबाहीले घटना भएको आफन्तको आरोप

कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको छ । आइतबार बिहान सुत्केरीका लागि आएकी गोदावरी नगरपालिका–२ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको हो । 

मृतक महिलाका आफन्तले अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको आरोप लगाएका छन् । बहिनी धर्मा भट्टराईका अनुसार १८ चैतमा सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी लक्ष्मीलाई व्यथा नलागेको भन्दै स्वास्थ्यकर्मीले वास्ता गरेका थिएनन् ।  

 ‘सुत्केरी व्यथा नलागेकाले डाक्टरहरूले दुई/तीनपटक व्यथा लाग्ने औषधि लगाए । तर पनि व्यथा लागेन,’ उनले भनिन्, ‘हिजो साँझसम्म पनि केही भएन, डाक्टरहरूले टाइम टाइममा आएर औषधि राख्ने जाने गर्नुभयो, त्यति मतलब गर्नुभएन ।’

मृतक महिलाका आफन्त सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन् । लापरबाही गर्ने डाक्टर र प्रशासनलाई उनीहरूले कारबाहीको माग गरेका छन् । 

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने शिशु जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन् ।  

उनले बिरामीको अन्य सबै कुरा नर्मल भएको र बिहान अचानक नै उक्त समस्या आएको बताए । डा. कोइरालाले आफूले सक्दो मिहिनेत गरे पनि समस्या अचानक आएकाले नै बिरामीको मृत्यु भएको बताए ।  





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १४:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया