logo-img

उत्तरी सीमानाका खोल्न सांसद बडूले गराए सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाका खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले यस्तो माग गरेका हुन् । 

नेपालका उत्तरी सीमामा रहेका दार्चुलाको तिंकर, ताप्लेजुङको ओलाङचुङगाेलालगायत नाका खोल्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवनसमेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । 

उनले उत्तरी नाका खुलाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाइ छ ।
 





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १७:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया