logo-img

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट, भोलि निर्वाचन

उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् । नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलिबाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई उम्मेदवार रहेका छन् । निर्वाचित हुने महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसअनुसार जिल्ला/नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक/एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

त्यस्तै, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट सातजना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार ९:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया