सुत्केरी मृत्यु प्रकरण : २४ घण्टा बित्दा पनि आफन्तले उठाएनन् शव, अस्पताल प्रशासनको बेवास्ता

कैलालीको गोदावरी नगरपालिका–३ अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २४ घण्टा बितिसक्दा पनि आफन्तले शव उठाएका छैनन् ।

अस्पतालको लापरबाहीले सोमबार दिउँसो ११ गोदावरी नगरपालिका–२ की लक्ष्मी भट्टराई र उनको नवजात शिशुको शव मृत्यु भएको भन्दै आफन्तले शव उठाउन नमानिरहेका हुन् ।   

घटना छानबिनका लागि पीडित पक्ष र अस्पताल प्रशासनबीच सोमबार राति छलफल भएको थियो । सो छलफलपछि मंगलबार बिहान छानबिन समिति गठन गर्ने सहमति भएको थियो । तर, अहिलेसम्म छानबिनका लागि अस्पताल प्रशासन सम्पर्कमा नआइरहेका मृतकका श्रीमान् शिवराज भट्टराईले बताए । 

‘अस्पतालमा शव राखेका छौँ, यहाँ कोही पनि आउनुभएको छैन । यति ठूलो घटना भएपनि अस्पताल प्रशासनका मान्छे अस्पतालमा उपस्थित भएका छैनन्,’ उनले भने ।

अस्पतालकै लापरबाहीका कारण आफ्नो श्रीमतीको मृत्यु भएको भट्टराईको आरोप छ । ‘लापरबाही गर्नेलाई छानबिन गर्ने भनिएको अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,’ उनले भने ।

अस्पताल प्रशासनले वेवास्ता गरेपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरूले राजमार्ग अवरुद्ध गर्दै पीडितलाई क्षतिपूर्तिको मागसमेत गरेका छन् ।





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार १२:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया