बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु
५ जनाले हामफालेर ज्यान जोगाए

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति करिब ११ः२५ बजे जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् ।

उनीहरू सबै एकै गाउँका हुन् । जिपमा सवार पाँचजना भने सकुशल रहेका छन् । जिप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेका प्रहरीले जनाएको छ ।

चालक भने सम्पर्कविहीन छन् ।​ झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएकाहरूको शव निकाल्ने कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । भारतबाट रोजगारी गरेर बिसु पर्व मनाउनका लागि घर फर्केका दुर्घटनामा परेका हुन् । 





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार ६:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया