logo-img

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान आज मतदान जारी छ । मतदान प्रज्ञा भवन कमलादीमा बिहान साढे १० बजेदेखि सुरू भएको हो। 

महासंघको विधानअनुसार यसअघिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन्। नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । 

बाँकी ६० पदमा १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ जना, वस्तुगततर्फ १ सय २३ र एसोसिएटतर्फ १७ सय ६२ जना मतदाता रहेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावारण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिइङ गर्ने जनाएका छन् ।

वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवार आ–आफ्ना प्यानल बनाएर चुनावी प्रचारमा होमिएका छन् । जिल्ला नगरतर्फका १ उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् । त्यस्तै, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान, सकुन्तलाल हिराचन प्रतिस्पर्धामा छन् ।

एसोसिएटतर्फ उपाध्यक्षमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ मैदानमा छन् । उम्मेदवारले उद्योग व्यवसाय गर्न सहुलियतको ऋणदेखि १ खर्ब डलरको अर्थतन्त्र बनाउन महासंघले लिने रणनीतिको पैरवी गर्नेसम्मका प्रतिबद्धता जनाएका छन् ।  



महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आगामी कार्यकालका लागि अध्यक्ष बन्नेछन् ।   



  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार ११:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया